आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई कम्बल वितरण

बारा । रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसले बाराको नितनपुरमा आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई कम्बल वितरण गरेको छ ।
जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.१० स्थित नदिया टोलका ३२ घर परिवारलाई एक,एक थान कम्बल वितरण गरिएको वडा अध्यक्ष सरोज पटेलले जानकारी दिनुभयो ।
क्लबका सर्भिस डिरेक्टर अनिल जैसवालको उपस्थितमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जय साहले कम्बल वितरण गर्नुभएको हो ।

रोटरी क्लब अफ बिरगंजका सर्भिस डिरेक्टर जैसवालले क्लबका सदस्यहरूबाट स–साना रुपमा आर्थिक सङ्कलन गरेर कम्बल वितरण गरिएकाले यसको उच्चतम प्रयोग गर्न अनुरोध गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्