लुम्बिनी प्रदेशमा चालु आवको ५ महिनामा साढे १५ प्रतिशत बजेट खर्च

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ५ महिनामा (साउनदेखि मङ्सिरसम्म) जम्मा साढे १५ प्रतिशत बजेट खर्च गरेको छ ।
यसमा पनि पुँजीगत तर्फको खर्च कम रहेको छ । चालु खर्च १९ दशमलव ३९ प्रतिशत रहेको छ भने पुँजीगत खर्च ११ दशमलव ९० प्रतिशत रहेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपक ज्ञवालीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको १५ अर्ब २ करोड २४ लाख ४८ हजार बजेटमा २ अर्ब ११ करोड ३० लाख १२ हजार ५ सय २० रुपैयाँ अर्थात् १४ दशमलव शून्य ७ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यस्तै सामाजिक विकास मन्त्रालयको ५ अर्ब ६० करोड ५६ लाख ६१ हजार बजेटमा ८३ करोड ९४ लाख ४८ हजार ५ सय ६५ रुपैयाँ अर्थात् १४ दशमलव ९८ प्रतिशत खर्च गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ अर्ब ७२ लाख ८६ हजार बजेटमा १७ करोड ७४ लाख १७ हजार ९ अर्थात् ४ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको छ ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले २ अर्ब ८० करोड ३४ लाख ५० हजार बजेटमा ५५ करोड ८८ लाख ५० हजार ४ सय ७७ रुपैयाँ अर्थात् १९ दशमलव ९३ प्रतिशत बजेट खर्च गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ करोड ६९ लाख ९७ हजार बजेटमा २ करोड २ लाख ९१ हजार ८ सय १० अर्थात् १५ दशमलव ९८ प्रतिशत बजेट खर्च गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७० करोड ८९ लाख ९९ हजार बजेटमा ४ करोड ८४ लाख ६ हजार १ सय ४८ रुपैयाँ अर्थात् ६ दशमलव ८३ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेशसभा सचिवालयले २५ करोड ९९ लाख ९९ हजार बजेटमा ५ करोड ६५ लाख ३० हजार ३ सय ३४ अर्थात् २१ दशमलव ७४ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ३५ करोड २५ लाखको बजेट ल्याएको थियो ।








प्रतिक्रिया राख्नुहोस्