तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण अल्जेरियामा सडक दुर्घटना २० जनाको मृत्यु

अल्जेरिया – दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरूका १९ विदेशी रहेका थिए । त्यसै गरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरू सवार रहेका जनाइएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।रासस /सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button