महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुल दुई दिनका लागि बन्द

कञ्चनपुर । महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आजबाट दुई दिन बन्द गरिएको छ ।
पुल मर्मतका लागि दोधारा चाँदनी नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो ।
शुक्रवार र शनिबार गरी दुई दिनको लागि दैनिक बिहान ११ः३० बजेदेखि अपराह्न ३ः०० बजेसम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत गर्नु परेको हुँदा आवतजावत नगरी झोलुङ्गे पुलको मर्मत कार्यमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
गत वर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले रु।६० लाख खर्चेर ठेक्का प्रक्रिया मार्फत मर्मत गरेको थियो ।
पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नु पर्ने अवस्थामा पुगेको छ ।
दोधारा चाँदनी नगरपालिकालाई जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाइ एक हजार ४ सय ५२ मिटर छ ।
नेपालमा रहेका सबै प्रकारका पुल मध्ये यो पुल नै सबैभन्दा लामो पुल हो । वि।सं २०६१ सालमा रु।९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो ।
सो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । पुलमा ३२।७ मिटरका ७ वटा अग्ला खम्बा ठड्याइएको छ ।








प्रतिक्रिया राख्नुहोस्