तपाईँ सुन्दै हुनुहुन्छः

घुससहित पक्राउ गरेका नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

राजबिराज   । घुससहित पक्राउ परेका प्रहरी नायव निरीक्षक (सई) सिकन्दर प्रसाद कानुबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत कानुलाई अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले ५० हजार घुससहित पक्राउ गरेका थियो ।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता दिने बहानामा उनले ५० हजार घुस मागेको आयोगले जनाएको छ ।
उनीबिरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन–०५९ अनुसार ५० हजार बिगो माग दाबी लिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button