बैतडीमा पनि मनाइयो ४५औँ राष्ट्रिय मेलमिलाप दिवस
बैतडी । ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस बैतडीमा पनि मनाइएको छ । जिल्ला पार्टी कार्यालय गोठलापानीमा अन्तरक्रियासहित ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाइएको बिपी विचार राष्ट्रिय समाज बैतडीका सभापति रमेशसिंह भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति र वर्तमान अवस्थाका बारेमा छलफल भएको छ ।








प्रतिक्रिया राख्नुहोस्