सुर्नया गाउँपालिकाका अध्यक्ष बिष्टलाई कोरोना सङ्क्रमण पुष्टि
बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गाउँपालिकाका इन्जिनीयरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ अन्तरगत उहाँको स्वाब संकलन गरिएको थियो ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका अध्यक्ष बिष्टको स्वास्थ्य अवस्था समान्य रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्