असहाय तथा विपन्नलाई राहत सामाग्री वितरण

सप्तरी । सप्तरीको राजविराजस्थित एक गैरसरकारी संस्थाले दुई सय जना असहाय तथा विपन्नलाई राहत सामाग्री वितरण गरेको छ ।
साउदी अरबस्थित इस्लामिक विकास बैङ्कको सहयोगमा मुद्दि मोहरम स्मृति कल्याणकारी प्रतिष्ठानले आज पहिलो चरणमा दुई सय जना असहाय तथा विपन्नलाई २५ केजी चामल, १० केजी दाल, १० केजी आलु, ५ लिटर खाने तेल, ३ केजी प्याजका साथै स्यानिटाइजर, माक्स र साबुन लगायतका सामाग्रीहरू समेत वितरण गरेको हो ।
त्यसै गरी एक हजार जना कोरोना प्रभावित असहाय तथा विपन्नलाई राहत वितरण गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष हासिम अन्सारीले जानकारी दिनुभयो ।
उहाँले राहत वितरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि राजविराजमा एक सय बेडको अस्पताल निर्माणका लागि समेत बैङ्कले सहयोग गर्ने आश्वासन समेत दिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्