तपाईँ सुन्दै हुनुहुन्छः

अवैध काठसहित तीन पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ मामा भान्जा चोक नजिक सडक खण्डमा बर्ष ३७ को रमेश चौधरी, बर्ष २४ को कृष्ण चौधरी र  बर्ष ३५ को जयराम चौधरीलाई गोरु गाडामा लोड गरी ल्याएको अवैध सालको काठ गोलिया थान ११  (१३.७४ )क्यु फिट बराबरको काठ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई बरामद गरिएको काठसहितको गोरु गाडा  आवश्यक कारबाहीको लागी डिभिजन बन कार्यालय कञ्चनपुर पठाइएको प्रहरी नायव उपरीक्षक अमर थापाले बताउनु भयो ।
उक्त काठ शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट चोरी तस्करी गरी ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button