झापामा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

भद्रपुर, झापा । झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाइकल चोरीमा संग्लग्न दुई जना पक्राउ परेका छन् ।
मंगलबार दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाइकल हराएको जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरीले साँझ ७ः०० बजे गौरादह नगरपालिका–७ को एक घरबाट सो मोटरसाइकल फेला पार्नुका साथै चोरीमा संग्लग्न गौराहद नगरपालिका–२ का २४ बर्षीय मोहनप्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्