तपाईँ सुन्दै हुनुहुन्छः

सडक मानवलाई कम्बल र ज्याकेट वितरण

जुम्ला । जुम्लामा सडक जीवन बिताइरहेका मानवलाई न्यायो कम्बल र ज्याकेट राहत वितरण गरिएको छ ।

कठयांग्रिदो जाडोमा पनि सडकमै सुत्ने, डुल्ने गरिरहेका जुम्लाका सडक मानवलाई न्यानो कम्बल र ज्याकेट वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले विपद कोषबाट सडक मानवहरुको राहतका लागि कम्बल र ज्याकेट वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

वर्षौदेखि सडक जीवन बिताइरहेकी चन्दननाथ नगरपालिका ५ की लालमती सुनारले न्यायो कम्बल पाउँदा खुसी भएको बताउनुभयो ।

सडक मानव अनुगमन तथा राहत वितरणका त्रममा भेटिएका जिते कुलाल, चैत कुलाल, मिन बहादुर सुनार, छिरिङ सुनार, प्रेमकल सुनार, रुन्कली कामी लगायत सडक मानवले चिसोमा न्यायो राहत पाउँदा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button