बाध्यात्मक अवस्थामा संसद विघटनः नेकपा प्रदेश इन्चार्ज मण्डल
वीरगञ्ज । नेकपा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डलले पार्टीभित्रको आन्तरिक कलह चुलिएपछि बाध्यात्मक अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपरेको बताउनुभएको छ ।
पार्टी विभाजन र वर्तमान परिस्थितिबारे नेपाली जनतालाई जानकारी गराउन भोली बुधवार वीरगञ्जस्थित नगरसभा गृहमा आयोजना गर्न लागेको प्रदेश नम्बर २ का अगुवा कार्यकर्ताहरुको भेलाको पूर्वसन्ध्यामा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनान उहाँले आन्तरिक कलह नै पार्टी विभाजनको मुख्य कारण भएको दाबी गर्नुभयो ।
वीरगञ्जमा भोली हुने अगुवा कार्यकर्ता भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरू सहभागी हुने मण्डलले दाबी गर्नुभयो ।
भोली हुने अगुवा कार्यकर्ता भेलामा नेकपाका महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेल, शहरी विकाश मन्त्री प्रभु साह, महिला तथा समाज कल्याण मन्त्री जुली महतो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, कानुन मन्त्री लिला श्रेष्ठ लगायत मन्त्री नेताहरुको सहभागिता रहने पूर्व सांसद एवं पार्टीका केन्द्रिय सदस्य राजकुमार गुप्ताले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्