तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री पठानसिंह बोहरा पदमुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज भौतिक पूर्वाधार बिकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गर्नु भएको छ ।

मुख्यमन्त्री भट्टले संबिधानको धारा १६९ को उपधारा (२) ख बमोजिम मन्त्री बोहरालाई पदमुक्त गर्नु भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

बोहरालाई पदमुक्त गरेपछि अहिले भौतिक पूर्वाधार बिकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफैसंग राख्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

पदमुक्त गरिएका मन्त्री बोहरा, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली निकट र मुख्यमन्त्री भट्ट नेकपा दाहाल–नेपाल समूहमा रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button