नर्सरी सुधार कार्यक्रमअन्तर्गत किसानलाई तालिम
धनकुटा । धनकुटा नगरपालिकाको सहयोगमा तेखिमे कृषि परामर्श सेवा फर्मले एभोकाडो तथा सुन्तला जातको नर्सरी सुधार कार्यक्रम अन्तर्रगत नर्सरी किसानहरुलाई तालिम दिएको छ ।
धनकुटा नगरपालिकामा दर्ता भएर नर्सरी व्यवसाय सञ्चालन गरिरहेका उनीहरुलाई नर्सरी गर्न अपनाउनुपर्ने तरिका , ग्राफ्टिङ्गविधि, नर्सरीमा स्वस्थ्य विरुवा उत्पादन गर्ने तरिका नर्सरी सुधार लगायतको विषयमा तालिम दिइएको कृषि अभियान्त जिवन राईले बताउनुभयो ।
धनकुटा नगरपालिकामा ३६ वटा दर्ता भएका नर्सरी र ३ सय ७६ वटा दर्ता नभएका नर्सरी गरी ४ सय १२ वटा नर्सरी सञ्चालनमा रहेको तथ्यांक छ ।
आर्थिक बर्ष २०७६/०७७ मा धनकुटाका नर्सरीले २४ करोड ६९ लाख ९ हजारभन्दा बढिको विरुवा बिक्री गरेको तथ्यांक छ ।
धनकुटामा सञ्चालनमा रहेका नर्सरीले एभोकाडो, कागती, सुन्तला, चिया, मेकाडिमियानट, टिम्मुर, अम्बा, मुन्तला, आप, लिचि, रुदाक्षालगायतका विरुवाको नर्सरी गरिरहेका छन ।








प्रतिक्रिया राख्नुहोस्