कञ्चनपुरको एक सामुदायिक वनबाट बँदेलको मासु बरामद

कञ्चनपुर। कञ्चनपुरको एक सामुदायिक वनबाट बँदेलको मासु बरामद गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाको वडा नम्बर ३ कटानमा रहेको समावेशी सामुदायिक वनबाट बँदेलको मासु बरामद गरिएको हो ।
सो वनका अध्यक्ष हरिराम चौधरी नेतृत्वको टोलीले वनभित्र वन्यजन्तुको मासु काटेर भाग हालेको अवस्थामा फेला पारेकोे बताइएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले वन ऐन २०७६ अनुसार दोषिमाथि कारवाही हुने बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्