तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सार्वजनिक

टीकापुर कैलाली।धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार भनिएका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो ।

उनलाई आजै अदालतबाट म्याद थप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो ।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा यस अघि ९ जनालाई पक्राउ गरी मुद्धा चलाएकोमा १ जना १ लाख ५० हजार धरौटीमा छुटेका र अन्य ८ जनालाई पुर्पक्षका लागि कारागारा चलान गरिएको प्रवक्ता विष्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button