स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द

कञ्चनपुर। स्वास्थ्यकर्मीलाई कारोना संक्रमण देखा परेपछि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका प्रसुती सेवा बाहेक सबै सेवा बन्द गरिएको छ् ।
दोधारचांदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कार्यरत ४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण फेला परेपछि आज एक सुचना प्रकाशित प्रसुती सेवा बाहेक सबै सेवा बन्द गरिएको हो ।
संक्रमण देखिएका सबै जना स्वास्थ्यकर्मी होम क्वारेन्टाईनमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्र दोधाराका मेडिकल अधिकृत डा. सुवास बरालद्धाराले वताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्