तपाईँ सुन्दै हुनुहुन्छः

वेदकोट नगरपालिका एक साता बन्द

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाका कर्मचारी र स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएपछि नगरपालिका भोलिदेखि एक हप्ता बन्द हुने भएको छ ।

नगरपालिका पुस १२ गतेदेखि १८ गतेसम्म बन्द हुने जनाइएको छ । सो अवधिमा कार्यालयबाट अत्यावश्यक सेवा मात्रै प्रदान गरिने जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले एक सूचना जारी गर्दै विगतमा प्रकाशित सूचना बमोजिमको कर्मचारी भर्ना सम्बन्धी आवेदन दर्ता, भर्ना प्रक्रिया, ठेक्का खरिद एवम् दर्ता सम्बन्धी कार्य भने सुचारु रहने बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button