तपाईँ सुन्दै हुनुहुन्छः

क्यूआर कोडबाट भुक्तानी गर्ने प्रक्रियाको शुभारम्भ

काठमाडौं । नेपालमा विभिन्न दैनिक उपभोग्य वस्तुको क्यूआर कोडबाट भुक्तानी गर्ने प्रक्रियाको बशुक्रबारबाट शुभारम्भ भएको छ ।

क्यूआर कोड भुक्तानी प्रक्रियाको नक्साल तरकारी बजारमा शुभारम्भ गर्दै नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने बताउनुभयो ।

त्यस अवसरमा गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाइने जानकारी दिनुभयो ।

गभर्नर अधिकारीले क्यूआर कोडबाट हुने भुक्तानी कारोबार उत्साहजनक रूपमा विस्तार भइरहेको जानकारी समेत दिनुभयो ।

पछिल्लो समय हरेक महिना तीस प्रतिशतले यस्तो कारोबार वृद्धि भइरहेकोले  क्यूआर कोड कारोबारको प्रवद्र्धन र विस्तारको निम्ति सहजीकरण गर्न राष्ट्र बैंक तयार रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले नक्साल तरकारी बजारमा क्यूआर कोड कारोबारको सुरुआतले थप हौसला मिलेको उल्लेख गर्दै देशभर ‘डिजिटल नेपाल’को प्रवद्र्धनमा राष्ट्र बैंकसँग सहकार्य गरेर अगाडि बढ्न वित्तीय क्षेत्र तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button