सेयर ब्रोकर कमिशन घट्यो
काठमाडौं । सेयर किनबेच बापत लगानीकर्ताले तिर्नुपर्ने सेयर ब्रोकर कमिशन घटेको छ ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार अधिकतम ०.२७ प्रतशत देखि ०.४० प्रतिशत सम्म लिन पाउने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो ।
पछिल्लो समय दिनमै ९ अर्बसम्म कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए ।
हालसम्म लगानीकर्ताहरुले सेयर कमिसन वापत अधिकतम ०.६१५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । सेयर बिक्री गर्दा नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्छ ।
नयाँ व्यवस्था अनुसार ५० हजारसम्मको कारोबारमा ०.६० प्रतिशत र त्यसभन्दा माथि ०.३७, ०.३४, ०.३० र ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्