खेलाडी र प्रशिक्षकलाई ‘न्युट्रिसन क्लास’ सञ्चालन
काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा टोकियो ओलम्पिकमा सहभागी हुन छात्रवृत्ति प्राप्त गरेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार ‘न्युट्रिसन क्लास’ सञ्चालन गरिएको छ ।
भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनले खेलाडी र प्रशिक्षकलाई पोषण सम्बन्धी विविध जानकारी दिएका हुन । कार्यक्रममा १२ खेलाडी र तीन प्रशिक्षकको सहभागिता थियो ।
सन् २०२१ को जुलाईमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने प्रक्रियामा सात खेलका १२ खेलाडीले ओलम्पिक छात्रवृति प्राप्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्