तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का ५० बर्षीय पुरुष र कैलालीको लुम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ५८ बर्षीय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । ती मध्ये ४३ जना बाँकेका र ७४ जना जिल्ला बाहिरका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button