तपाईँ सुन्दै हुनुहुन्छः

इथियोपियामा हालै भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु : अधिकारवादी समूह

इथियोपिया। इथियोपियामा विगत दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बिहीबार बताएका छन् ।

बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले सिन्ह्वासँग बताएको छ ।

मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ ।

आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।

मानव अधिकारवादी समूहहरूले गरेको छानवीनमा आक्रमण भएका स्थानहरूमा सुरक्षा दिन सुरक्षाकर्मी पुग्न नसकेको तर आयोगले स्थानीयको सूचना र सोधपुछका आधारमा घटनाको लेखाजोखा राखिरहेको उल्लेख गरेको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button