तपाईँ सुन्दै हुनुहुन्छः

संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र दुर्घटनामा पर्छ भन्ने भ्रममा नपर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ   । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले प्रदेश नं १ मा सुवासचन्द्र नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको महासचिव विष्णु पौडेलले बताउनुभयो ।

यसैगरी बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिएको छ ।

केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्नुका साथै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर गरेको पनि महासचिव पौडेलले बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको यो संविधान र यस प्रणालीलाई कसैले विगार्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनैतिक घटनाले संविधान र प्रणाली नै दुर्घटनामा पर्छ भन्ने भ्रममा पार्ने प्रयास भइरहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विवाद सिर्जना गर्ने अहिलेको समूहमा सम्लग्न व्यक्तिहरूले पहिला पछि आफ्नो सरकार गिराउने खेलमा लागेको उल्लेख गर्दै सुघ्रिएर आए अझै पनि पार्टीबाट हटाउने सोँचमा नेकपा नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश निर्वाचन तर्फ गइसकेको हुनाले अब फेरी पनि संसद पुनःस्थापना हुन्छ भन्ने भ्रममा नपर्न र निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

जनतामा जाँदा अस्वीकार हुने डरले प्रतिगमनकारीहरू डराइरहेको हुनाले संसद् पुनःस्थापनाको हल्ला फिँजाएर अनुचित लाभ लिन खोजेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको स्मरण गराउँदै सधै पार्टी बैठकमात्र गर्ने र किचलो गरिरहँदा सरकारलाई काम गर्न अफ्ट्यारो पारेको बताउनुभयो ।

बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधि सभाको विघटन अग्रगामी कदम भएको र पुर्नस्थापनाको माग पश्चगामी कदम हुने बताउनुभयो ।

उहाँले, जनताबाट निर्वाचित संसदले मात्र प्रतिगमन र अस्थिरतालाई पराजित गर्नसक्ने भएकोले नै आफुहरु स्थिरताका लागि निर्वाचनको अभियानमा होमिने बताउनुभयो ।

गृहमन्त्री थापाले पार्टीको मूल नेतृत्वलाई स्थापित गर्ने कि विस्थापित गर्ने, क्रान्तिलाई अघि बढाउने कि प्रतिक्रान्तिलाई भन्ने प्रश्न गर्दै अध्यक्ष ओली नेतृत्वको पार्टीले क्रान्तिलाई अघि बढाउदै गुटलाई पराजित गर्ने बताउनुभयो ।

बैठकमा नेकपा महासचिव विष्णु पौडेलले पार्टी भित्रैबाट निरन्तर सरकारलाई असहयोग भइरहेपछि प्रतिनिधीसभा विघटनसम्मको अवस्था आएको बताउनुभयो ।

बैठकमा अध्यक्ष ओलीले शपथ ग्रहण गर्न बाँकी रहेका केन्दी्रय सदस्यहरुलाई शपथ पनि गराउनुभएको थियो ।

Image may contain: 2 people, people standing, people dancing, people on stage, crowd and outdoor

प्रतिक्रिया राख्नुहोस्

Back to top button