तनहुँका दुई जना कोरोना संक्रमितको पोखरामा मृत्यु
तनहुँ । तनहुँका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा १/१ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको म्याग्दे–५ का ७३ वर्षीया कोरोना संक्रमित वृद्धको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
पुष ८ गते बुधबार बेलुका ५ः२० बजेको समयमा कोरोना संक्रमित वृद्धको मृत्यु भएको निर्देशनालयले जनाएको छ । उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
उनमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड निमोनिया, उच्चरक्तचाप लगाएतका समस्या रहेको थियो ।
त्यस्तै शुक्लागण्डकी–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको बिहीबार दिउसो १ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उपचारका क्रम उनको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनमा गत पुस ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनमा पनि कोभिड निमोनिया, उच्चरक्तचाप लगाएतका समस्या रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्