तपाईँ सुन्दै हुनुहुन्छः

हत्या अभियोगमा दुई पक्राउ

भद्रपुर, झापा । झापामा एक व्यक्तिको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
झापा मेचीनगर–९ बस्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या आरोपमा स्थानीय ४७ वर्षीय बुधलाल किसान र २८ वर्षीय भुखन किसानलाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पुस ३ गते बिहान गौतमको शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा २ गते राति तीन जना गौतमको घरमा रहेको खुल्न आएपछि ७ गते बुधलाल पक्राउ परेका र उनकै बयानको आधारमा त्यसै दिन भुखनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि प्रयोग गरिएको थियो ।
थप अनुसन्धानका लागि दुवै जनालाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button