तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक दुर्घटना हुदा सहचालकको मृत्यु

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ धरमघरको चरिकोट जिरी सडक खण्डमा भएको ट्रक दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ ।

दुर्घटनामा ना ७ ख ३२६८ नम्बरको ट्रकका सहचालक चितवन राप्ती नगरपालिका वडा नम्बर ९ रसौलीका २४ बर्षीय बुद्धिबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले बताउनु भयो ।

दुर्घटनामा चालक चितवन राप्ती नगरपालिका वडा नम्बर ९ रसौलीकै ३० बर्षीय अर्जुन बराल घाइते भएको र उहाँको चरिकोट अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

नवलपरासीबाट तामाकोसीस्थित लामा कन्ट्रक्सनको लागि जाली लिएर आएको उक्त ट्रक अचानक सडकमै पल्टिएको र चेपिएर सहचालकको मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button