नेपाल धितोपत्र बोर्डद्वारा आइसिटि अपरेसन म्यानुवल जारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास तथा विस्तार एवं सूचना प्रविधिको बढ्दो प्रयोगलार्ई सुरक्षित एवं भरपर्दो बनाउन आइसिटि अपरेसन म्यानुवल जारी गरेको छ ।
धितोपत्र तथा वस्तु विनियम बजारमा उपयोग हुने सूचना प्रविधिलार्ई अन्तराष्ट्रिय सिद्धान्त तथा अभ्यास अनुकूल बनाउन पुष ८ गते देखि लागू हुने गरी म्यानुवल जारी गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
म्यानुवलमा सूचना प्रबिधि सम्बन्धी संगठनात्मक व्यवस्था सञ्चार तथा प्रविधिसम्बन्धी तालिम तथा सचेतना अभिवृद्घि लगायतका व्यवस्थाहरु रहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताउनुभयो ।
म्यानुयल लागू गरिएसँगै बोर्डबाट धितोेपत्र बजार सहभागीहरुले बोर्डमा बुझाउनुपर्ने वार्षिक तथा त्रैमासिक विवरण लगायतका अन्य आवधिक विवरणहरु अनलाईन मार्फत पेश गर्न सक्ने गरीे विद्युतीय रिपोटिङलाई प्रभावकारी बनाउन सहयोग पुग्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्