प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव समयबारे संसद सचिवालयको स्पष्टिकरण

काठमाडौं । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा आइतबार दिउँसो साढे ३ बजे मात्रै दर्ता भएको बताएको छ ।
संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा सभामुखको तोक आदेश बमोजिम पुस ५ गते दिउँसो साढे ३ बजे प्रस्ताव दर्ता भएको उल्लेख छ ।
‘अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यस्था शाखा (प्रतिनिधि सभा)मा दर्ता हुने प्रचलन रहेको र पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत रुपमा पेश भइ सभामुखको तोकआदेशपछि सोही दिन अपरान्ह ३ः३० बजे कार्यव्यवस्था शाखामा दर्ता भएको जानकारी गराउछु ।’ विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया राख्नुहोस्