चितवनमा प्रधानमन्त्री ओलीको पक्षमा नारासहित प्रदर्शन तथा दीप प्रज्वलन
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज साँझ भरतपुरको चौविसकोठीमा प्रदर्शन गरिएको छ । कार्यक्रममा युवा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका थिए ।
कार्यक्रममा पार्टीभित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरी मध्यावधि चुनावको घोषणा गर्न बाध्य भएको अनेरास्ववियुका नेता हरि आचार्यले बताए ।
प्रदर्शनमा सहभागी युवा विद्यार्थी नेताहरुले प्रचण्डको जिल्ला चितवनमा “केपी ओली हाई हाई, प्रचण्डलाई बाई बाई”, ‘केपी ओली जिन्दावाद’, ‘जबज जिन्दावाद’को नारा लगाएका थिए ।
कार्यक्रममा युवा नेता कमलराज पाठक, देव पाठक लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा दीप प्रज्वलन समेत गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्