तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित २ जना पक्राउ

सप्तरी । सुनसरीको भोक्राहा, नरसिंहबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोक्राहा नरसिङ ३ का ३६ वर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका २ का ३७ वर्षीय सुरज राम रहेका छन् ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले साईकलमा आएका उनीहरुलाई बिहान साँढे ६ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि चेकजाँच गर्ने क्रममा २१ बोतल डाइलेक्स डि.सी. र १ सय ८० थान नाइट्रोभेट ट्याव्लेट लागुऔषध फेला परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button