सेती करिडोरमा सुख्खा पहिरो, स्थानीय त्रसित
पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित अमिल तहरा भन्ने स्थानमा आज बिहान ९ः३० बजे सुख्खा पहिरो खसेको छ ।
करिब १ सय ५० मिटर माथिबाट खसेको पहिरोका कारण स्थानीय वेदप्रसाद गुरुङ, सुनिता परियार र ऋषि ढकालको परिवार विस्थापित भएको छ ।
सुक्खा पहिरोबाट स्थानीय वेदप्रसाद लुईटेलको बाथरुम र शौचालय १५० मिटर तल खसेको भएपनि पहिरोबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
२०७२ सालमा गएको भूकम्पपछि चर्किएको भू–भाग खसेको स्थानीय नरेन्द्र गुरुङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्