डिलाशैनी गाउँपालिकामा गरिएको लकडाउन खुल्यो
बैतडी । गएको २० दिनदेखि बैतडीको डिलाशैनी गाउँपालिका क्षेत्रमा गरिएको लकडाउन आज खुलेको छ ।
कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै गाउँपालिकाले गत मङ्सिर १६ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।
लकडाउन खुलेसँगै गाउँपालिकाका सम्पूर्ण सेवाहरू सुचारु भएका डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंख बहादुर शाहले जानकारी दिनुभयो ।
गाउँपालिकामा सङ्क्रमणको जोखिम रहेकोले मङ्सिर १६ देखि २६ र २९ देखि पुस ५ गतेसम्म गरी दुई पटक लकडाउन घोषणा गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्