शुक्लाफाँटामा पर्यटक बढ्दै
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन आउन थालेका छन ।
कोरोनाका महामारीका कारण गत चैत्रदेखि शुन्य भएको निकुञ्जको पर्यटन क्षेत्र पछिल्लो समय केही चलायमान भएको छ ।
निकुञ्जले कार्तिक महिनाको १ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर जंगल सफारी गर्ने पर्यटकहरुलाई प्रवेश दिएपछि मंसीर सम्म ३ सय ९५ जना आन्तरिक पर्यटक घुम्न आएको सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनुभयो ।
उहाँले दुई महिनामा निकुञ्ज घुम्न आएका आन्तरिक पर्यटकहरुबाट १ लाख १५ हजार ९० रुपैया राजस्व संकलन भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्