शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा खर-खडाई सुरु हुने

कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्जले यहि पुष १० गतेवाट खर खडाई सुरु गर्ने भएको छ ।
पहिलो चरणमा पुष १० गते देखि १२ गते सम्म निकुञ्जको पूर्वी सेक्टरमा खर खडाई खोलीने र दोस्रो चरणमा पुष १३ गते देखि १५ गते सम्म वेदकोट नगरपालीका,भीमदत्तनगरपालीकाको मझगाउ देखि हात्तिसार र दोधाराचांदनी नगरपालीका क्षेत्रमा खर खडाई खोलीने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल वहादुर पुर्जा पुनले वताउनु भएको छ ।
तीन दिनका लागी आरक्षले २५ रुपैयाँको टिकट लिई खर खडाई गर्न दिने छ । खर खडाईको अवधिमा निकुञ्ज भित्र वन्यजन्तुको आक्रमण वाट घाईते हुने र मृत्यु हुनेका लागी उपचार र क्षेतीपुर्तीको समेत व्यवस्था गरिएको छ ।
खर खडाईमा करिव २ हजार सम्म मानिसहरु निकुञ्ज भित्र प्रवेश गर्ने भएकाले वन्यजन्तुको चोरी सिकारी र काठ तस्करी नहुन दिन निकुञ्ज प्रशासन र सेनाको देवी दल गणले सुरक्षा चेकजांच गर्ने छ ।

निकुञ्जको नियम विपरीत कार्य गरेको पाईए प्रचलित कानुन वमोजीम कार्वाही गरिने समेत निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जको सरसफाई र न्यून आय भएका गरिवहरु जनताहरुलाई फुसले वनेका घर र गोठको छानो छाउने कामका लागी खर प्रयोग गर्ने हुदा प्रत्येक वर्ष खर खडाई खोल्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्