तपाईँ सुन्दै हुनुहुन्छः

अध्यादेश फिर्ता लिन आवश्यक छैन : बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीले जारी गर्नुभएको संवैधानिक परिषद्को कार्यविधि संशोधन सम्बन्धी अध्यादेश फिर्ता लिन नहुने बताउनुभएको छ ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अध्यादेश ल्याउने विशेष अधिकार संविधानले प्रधानमन्त्रीलाई प्रदान गरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले कसैले कराएकै भरमा प्रमले आफ्नो अधिकार छोड्न नहुने भन्दै ठिक–बेठीकको टुङ्गो भोलि संसद् र अदालतबाट हुने बताउनुभयो ।
उहाँले अध्यादेश जारी भइसके पछि लागु गर्नु उपयुक्त हुने र भोलि त्यसको जवाफ संसदमा दिन प्रमले तयारी गर्नु पर्ने बताउनुभयो  ।
‘यो अध्यादेशले सत्ताको भागबन्डामा बढी भाग खोज्नेहरूलाई ठाउँमा ल्याएको छ’ भन्दै उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीलाई दुःख दिने  र भागबन्डा खोज्नेले आत्मसमर्पण गरेपछि अध्यादेश फिर्ता गर्ने तैयारी गरिएको ’ उहाँको भनाई थियो ।
वर्तमान राजनीतिक अवस्था बिग्रनुमा नेपाली काङ्ग्रेस जिम्मेवार भएको भन्दै अध्यक्ष बिजुक्छेले प्रमुख प्रतिपक्ष बलियो भएको भए सत्तासीन दल डराउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button