तपाईँ सुन्दै हुनुहुन्छः

खुमलटारमा नेकपाका अध्यक्षद्वयबीच छलफल

खुमलटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”बीच छलफल
काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दाहाल निवास खुमलटारमा भेटवार्ता भएको छ ।  पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न नेकपाका दुई अध्यक्ष वार्तामा जुट्नुभएको हो ।
 प्रधानमन्त्री ओली  र दाहालबीच केहीसमय अघि एक्लाएक्लै छलफल भएको हो ।छलफल सकिएसँगै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली बाहिरीनुभएको छ भने खुमलटारमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पुग्नुभएको छ ।
नेकपाभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच  निरन्तर छलफल भइरहेको छ । भोलि (आइतबार) स्थायी कमिटी बैठक डाकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button