बक्यौता भुक्तानीको सुनिश्चितता भएमात्र अखु किसान घर फर्कने
काठमाडौँ । काठमाडौंमा आन्दोलनरत उखु किसानले आफूहरूले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै मङ्सिर २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफ दिँदै उखु किसानले चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको भन्दै बक्यौता भुक्तानीको सुनिश्चितता भएमात्र आफूहरू तत्काल घर फर्कने बताएका छन् ।
उनीहरूले पत्रमा राज्यकोषबाट किसानलाई बक्यौता भुक्तानी दिन र सम्पूर्ण रकम उद्योगीबाट ब्याजसहित असुलउपर गर्न सरकारलाई सुुझाव पनि दिएका छन् ।
यसअघि उखु किसान सङ्घर्ष समिति र उद्योग मन्त्रालयबीच २०७६ पुस १८ गते किसानको बक्यौता भुक्तानी गर्नेसम्बन्धी पाँच बुँदे सम्झौता भएको थियो ।
उद्योग मन्त्रालयले भने उखु किसानले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेकाले छलफलको माध्यमबाट समस्याको समाधान गर्नसकिने जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्