तपाईँ सुन्दै हुनुहुन्छः

इनरुवा अस्पताल विकास समितिमा सदस्य मनोनित

विराटनगर । सुनसरीको इनरुवा अस्पताल व्यवस्थापन समितिमा ५ सदस्यलाई मनोनित गरिएको छ । मन्त्रीस्तरिय निर्णयले व्यवस्थान समिति सदस्यहरुमा पर्शुराम यादव, धिरा राई, रामप्रसाद मेहता, ध्रुवनारायण पण्डित, तोयादेवी गिरी पोद्धारलाई सदस्यमा मनोनित गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

प्रदेश १ जनस्वास्थ्य ऐन, २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्य मनोनित गरिएको मन्त्रालयले जनाएको छ । मनोनित सदस्यहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले इनरुवा अस्पतालको विकास र विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रदेश १ जनस्वास्थ्य ऐनमा सरकारी अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा १३ सदस्यीय व्यवस्थापन समिति गठन गर्ने व्यवस्था उल्लेख छ ।

व्यवस्थापन समितिमा सम्बन्धित स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग बाणिज्य संघको प्रमुख, जिल्ला रेडक्रस सोसाइटीका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button