नेकपा स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुभएको उहाँका प्रेस सल्लाहकार थापाले बताउनुभयो । आज अपराह्न १:०० बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो सुरु भएको हो ।
पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजै प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । उहाँहरुबीच भएको छलफलपछि मात्र बैठक सुरु भएको हो ।
यसअघि गत मङ्सिर २८ गते बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगन भई आजका लागि डाकिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्