अवैध रुपमा भित्र्याइएको ४० किलो चाँदी तथा गरगहना बरामद
वीरगञ्ज । अवैध रुपमा भारतबाट राजश्व छली भित्र्याइएको ४० किलो चाँदी तथा गरगहना आज पर्सा प्रहरीले छापामारी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्जको माईस्थानस्थित गहवामा रहेको जय नरसिंह ज्वेलर्समा छापामारी भारतबाट राजश्व छली भित्र्याइएको ४० किलो चाँदी तथा गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
बरामद गरिएको चाँदीका गरगहना र जय नरसिंह ज्वेलर्सका संचालक दिपक सरार्फलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक पन्तले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत पर्सा प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्