राष्ट्रपति भण्डारीद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा (१) बमाेजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी पहिलाे संशाेधन अध्यादेश २०७७ जारी गर्नुभएकाे हाे ।
संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्