ट्याक्टर दुर्घटनामा एकको मृत्य
पाँचथर । पाँचथरको फिदिममा आज सोमबार बिहान ९ बजे ट्याक्टर दुर्घटना हुुँदा ट्याक्टर चालकको घट्नास्थलमै मृत्यु भएको छ ।
फिदिम नगरपालिका वडा नं १ साब्राङमा पराल बोकेर सदरकुकाम फिदिमतर्फ आउदै गरेको मे १ त ४१८५ नम्बरको ट्याक्टर सडकबाट करिव एक सय मिटर तल खोल्सीमा खस्ता सुनसरी जिल्ला झुम्काका २६ बर्षीय सन्तोष लाम्जेलको घट्नास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्