तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय कराँतेका लागि बाराको टोली रौतहट प्रस्थान

बारा । रौतहटको चन्द्रपुरमा भोलि देखि सुरु हुन लागेको उपमेयर राष्ट्रिय कराते महिला प्रतियोगिताको लागि बाराको टोली आज रौतहट प्रस्थान गरेको छ ।

बाराको १६ सदस्सीय महिला टोली र चार जना प्रशिक्षकलाई जीतपुरसिमरा उपमहानगरपालिकाले ट्रयाक सुट र आतेजाते भाडा प्रदान प्रदान गरी बिदाई गरेको उपप्रमुख सरस्वती देबी चौधरीले जानकारी दिनुभयो ।

टोलीमा बाराका प्रशिक्षक सुनिल साह, सानु पटेल, श्रीराम साह र मनोज कुमार साह पनि सहभागी हनुहुन्छ ।

प्रतियोगिता भोलि र पर्सी दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button