कोरोना भाईरस विरुद्धको खोप ७२ प्रतिशत नागरिकलाई उपलब्ध हुने
काठमाडौँ । विकसित भइरहेको कोरोना भाइरस विरुद्धको खोप नेपालका ७२ प्रतिशत नागरिकलाई उपलब्ध गराइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले १४ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूका लागि खोप विकास नभएका कारण बाँकी ७२ प्रतिशत नागरिकलाई खोप लगाइने जानकारी दिनुभयो ।
प्रा.डा गौतमले सरकारले खोप उपलब्धताका सम्बन्धमा आवश्यक पहल जारी राखेको जानकारी दिनुहुँदै ७२ प्रतिशत मध्ये कोभ्यास् सुविधा अन्तर्गत २० प्रतिशतलाई खोप उपलब्ध हुने बताउनुभयो ।
कोभ्याक्स् सुविधा बाहेकका लागि गुणस्तरीय र कम लागतमा कानुन अनुरूप खोप उपलब्ध गराउन खोप सल्लाहकार समितिको सल्लाहमा कार्य अघि बढिरहेको समेत जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्