तपाईँ सुन्दै हुनुहुन्छः

गोठ जल्दा ३ लाखको क्षति

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरिया निवासी अमिरका राउत अहिरको गोठमा आज विहान आगलागी हुँदा गोठ जलेर नष्ट हुनुका साथै भैंसीको पाडो जलेर मरेको छ ।

आगलागीबाट दुहुनो भैंसी जलेर घाईते भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा गोठ धनी अमिरका पनि जलेर घाईते भएका छन् । आगलागीमा गोठ पुर्ण रुपमा जल्नुको साथै गोठ भित्र राखिएको काठको तयारी झ्यालढोका लगायतका मालसामान गरी ३ लाख लाख रुपैयाँ भन्दा बढीको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् ।

मच्छर धपाउन बालिएको घुरबाट भएको आगलागी तत्काल स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको कारण ठूलो नोक्सानीबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button