तपाईँ सुन्दै हुनुहुन्छः

झुलाघाटमा बिओपीको आफ्नै भवन निर्माण हुने

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को आफ्नै भवन निर्माण हुने भएको छ ।

भवन निर्माणका लागि रोयल खेमादेवी जेभीसंग १ करोडको ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले बताउनुभयो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको हो । झुलाघाटमा गत जेठ १० गते बिओपी स्थापना भएकोमा हाल भाडाका भवनमा सशस्त्र प्रहरी बसिरहरको छ ।

सीमा सुरक्षाका लागि बैतडीको झुलाघाटसहित, पञ्चेश्वर र शिवनाथको कुस्मौतघाटमा बिओपीको स्थापना भएको छ । कुस्मौतघाटमा पनि भाडाको भवनमा सशस्त्र प्रहरी बसिरहेको छ भने पञ्चेश्वरमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाकै घरमा बसिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button