तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

दैलेखको नारायण नगरपालिका ९ की ३८ वर्षीया महिलाको आज दिउँसो साढे १ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट १ सय ७ जनाको मृत्यु भएको छ । त्यसमा बाँकेका ४० जना र बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ६७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button