सत्य, निष्पक्ष र पारदर्शी सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व : मन्त्री गुरुङ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको बताउनुभएको छ ।
आर्थिक पत्रकार सङ्घ (नाफिज)को आज काठमाडौँमा आयोजित पाँचांै महासभाको समापन कार्यक्रममा मन्त्री गुरुङले मुलुकलाई अस्थिरता तिर धकेल्न बाहिरी तत्त्व र पार्टी भित्रैबाट समेत चलखेल सुरु भएको भन्नुहुँदै असन्तुष्टि त्यागेर मुलुकको हितमा काम गर्न सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गुरुङले सभ्य र सुसंस्कृत समाज निमार्णमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुने भएकाले सत्य, निष्पक्ष र पारदर्शी सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व भएको बताउनुभयो ।

मन्त्री गुरुङले पत्रकारिताको नामबाट हुने गरेका विकृति र बिसङ्गतिहरुलाई अन्त्य गर्दै पत्रकारहरू नैतिक र व्यवसायीक बन्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले सूचना सम्प्रेषण गर्दा समस्या मात्र नदेखाई समाधानका उपाय समेत उल्लेख गर्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्