सुर्खेत मोडेल कलेजका गणेश ढकाल सम्मानित हुँदै
सुर्खेत । त्रिभुवन विश्वविद्यालयले सुर्खेतका गणेश ढकाललाई सम्मान गर्न लागेको छ । त्रिविले २०७५ सालमा स्नातक (बीबीएस) तर्फ लिएको परीक्षामा सुर्खेत मोडेल कलेजका छात्र ढकालले नेपालमै प्रथम स्थान हासिल गरेपछि सम्मान गर्न लागेको हो ।
बीबीएस विशिष्ट श्रेणीबाट उर्तिण ढकाललाई त्रिविले ‘नेपाल बैंक लिमिटेड छत्र बहादुर’ पदकबाट सम्मान गर्न लागेको हो । शैक्षिक शत्र २०७२–२०७५ व्याचका प्रतिभाशाली छात्र ढकालले स्नातक (बीबीएस) तर्फ ७५ प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणी हासिल गर्नु भएको थियो ।
जिल्लाको भेरीगंगा नगरपालिका–८, का स्थायी निवासी ढकाल हाल सरकारी जागिरेसँगै स्नातकोत्तर (एमबीएस) मा अध्ययनरत हुनुहुन्छ । बाल्यकालदेखि नै पढाईमा अब्बल हुँदै आउनु भएका ढकालले आफु सम्मानित हुन लागेको प्रति खुशी व्यक्त गर्दे भन्नु भयो, ‘यो नतिजा अलि पहिले नै आउनु पथ्र्यो, तर ढिलो आएपनि दुरुस्त आयो । मलाई त कलेजले साविकको मध्य तथा सुदूरपश्चिम फस्र्ट भनेको थियो । तर त्रिविले त देशकै प्रथम भनेपछि उम्दा खुशी छु ।’
उहाँले मोडेल कलेजका शिक्षक, विद्यार्थी साथीभाई तथा अभिभावकको सहयोग, सद्भाव र आशीर्वादबाटै प्रथम स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्